
१४ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभागका दुई कर्मचारीलाई घुस सहित नियन्त्रणमा लिएको छ ।
अख्तियारले विभागकी शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दीपा थापालाई १२ हजार घुस सहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनीहरु दुवैजनाले कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भन्दै घुस मागेको अख्तियारको दाबी छ ।
अख्तियारले उनीहरुको कार्यकक्षबाट थप ३७ हजार ५३५ रुपैयाँ समेत बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4