+
+

यथास्थितिमा सरकारमा जाने सोचेको छैन, धेरै कुरा मिल्नुपर्छ : लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते १२:१४

१५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई टेलिफोन गरेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा सदस्यको शपथ लिँदै उनले आफू चितवनबाट निर्वाचित भएकोमा प्रधानमन्त्रीले बधाई दिन फोन गरेको जानकारी दिए ।

‘म निर्वाचित भएकोमा बधाई दिन प्रधानमन्त्रीले फोन गर्नु भएको थियो तर सरकारबारे धेरै कुरा भएन,’ लामिछानेले भने ।

यद्यपि उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने आफ्नो अभिव्यक्तिमा प्रधानमन्त्रीले चासो रोखेको बताए । उनले भने, ‘समर्थन फिर्ता लिने भन्ने सुनेको थिएँ, के हो भनेर प्रधानमन्त्रीले चासो राख्नुभयो ।’

मंगलबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा लामिछानेले सरकारलाई दिएको समर्थन कायमराख्नुको औचित्य नभएको बताएका थिए ।

यसबारे पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले यथास्थितिमा सरकारमा नजाने र समर्थनबारे छलफल गरेर निचोडमा पुग्ने बताए । ‘यथास्थितिमा सरकारमा जाने भन्ने कुरा हामीले सोचेको कुरा होइन,’ लामिछानेले भने, ‘धेरै कुरा मिल्नुपर्छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?