+

राष्ट्रपति रनिङ शिल्ड : एथलेटिक्समा लुम्बिनीलाई ३ स्वर्ण

२०८० वैशाख  १५ गते १४:११ २०८० वैशाख १५ गते १४:११
राष्ट्रपति रनिङ शिल्ड : एथलेटिक्समा लुम्बिनीलाई ३ स्वर्ण

१५ वैशाख, काठमाडौं । देशको एकमात्र ग्रासरुट खेल प्रतियोगिता राष्ट्रपति रनिङ शिल्डको १३औं संस्कण शुक्रबारदेखि सुरु भएको छ ।

प्रतियोगिताअन्तर्गत एथलेटिक्सतर्फ पहिलो दिन पाँच स्वर्णको छिनोफानो हुँदा लुम्बिनी र गण्डकी प्रदेशले २–२ तथा बागमती प्रदेशले १ स्वर्ण जितेका छन् ।

१०० मिटर दौडमा छात्र/छात्रा दुवैतर्फ लुम्बिनीका खेलाडीले स्वर्ण जिते ।

दशरथ रंगशालामा भएको स्पर्धामा छात्रतर्फ सुजल डाँगीले ११.४ सेकेण्डको टाइमिङसहित स्वर्ण जितेका हुन् ।

मधेशका आदेश यादव र कर्णालीका सुशील वलीले यो स्पर्धामा कांस्य जिते ।

छात्रातर्फ लुम्बिनीकै आरुषी भट्टराईले १३.७ सेकेण्डमा दूरी पूरा गरी स्वर्ण जितिन् । यो स्पर्धामा बागमतीक दिना गोपालीले रजत तथा स्वागता खाइजुले कांस्य जिते ।

१५०० मिटर दौडको छात्रतर्फ लुम्बिनीका विकास विकले स्वर्ण जिते । उनले ४ मिनेट २२.८ सेकेण्डमा दूरी पूरा गरे ।

गण्डकीका बादल कार्की र सुदूरपश्तिमका अमित आउजीले यो स्पर्धामा क्रमश रजत र कांस्य जिते ।

यो स्पर्धाको छात्रातर्फ स्वर्ण जित्ने क्रममा गण्डकीकी नारायणी भण्डारीले ५ मिनेट १५.४ सेकेण्डको टाइमिङसहित स्वर्ण जितिन् ।

लुम्बिनीकी मोतीकला डाँगीले रजत तथा कोशी प्रदेशकी नीला जिमीले कांस्य पदक जिते ।

हाइजम्पतर्फ बागमतीका नवीन खत्रीले स्वर्ण जिते । उनले १.६८ मिटर उचाई नाघे । गण्डकीका मनिष जिसी र कोशीका सागर यादव संयुक्त रुपमा दोस्रो रहे । यो स्पर्धाको छात्रामा १.४५ मिटर उचाई नाघेकी गण्डकीकी सीमा श्रेष्ठले स्वर्ण जितिन् ।

लुम्बिनीकी प्रमिला चौधरीले रजत तथा सुदूरपश्चिमकी सुस्मिता चौधरीले कांस्य पदक जिते । तीन दिने प्रतियोगितामा एथलेटिक्सतर्फ सात प्रदेशका १५४ खेलाडीले २६ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

राष्ट्रपति रनिङ शिल्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय