+
+

माओवादी सांसदको जवाफ : अयोग्य लडाकूलाई २ लाख दिने विष्णु पौडेलकै बजेटको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते १५:२४

१५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अन्मिनले अयोग्य ठहर गरेका लडाकूहरुलाई २ लाख रुपैयाँ दिने निर्णय नयाँ नभएको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा माओवादी सांसद सापकोटाले २०७३/७४ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा नै यो व्यवस्था भएको बताए ।

सर्वोच्चमा मुद्दा परेपछि रोकिएको त्यसबेला रोकिएको यो विषय अहिले अदालतकै आदेशअनुसार अगाडि बढाइएको भन्दै उनले भने, माननीय विष्णु पौडेलकै नेतत्वमा ल्याइएको बजेट वक्तव्य र अदालतको आदेश अनुसार अहिले सरकारले खाली कार्यविधि मात्र विकास गर्न खोजेको हो ।’

हावाको भरमा अरुलाई दोषारोपण नगर्न र सदनलाई भ्रमित नबनाउन उनले आग्रह गरे ।

यो व्यवस्था लडाकूहरुले लडेर ल्याएको भन्दै माओवादी सांसद सापकोटाले भने, ‘युद्ध लडेर आएका लडाकूहरु, जसले विरताको संकल्प गरे, व्यवस्था परिर्वतनका लागि वलिदान गर्न तयार भए, तीनलाई २ लाख पैसाका लागि अपमान गर्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?