
१७ वैशाख, काठमाडौं । मधेश प्रदेशले विभिन्न प्रस्तावित योजना कार्यान्वयनका लागि सरकारसँग पौने सात अर्ब बराबरको ससर्त अनुदान उपलब्ध गराउन माग गरेको छ ।
मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री ई. बसन्त कुशवाहाले कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाललाई भेटेर विभिन्न १० प्रस्तावित योजना कार्यान्वयनका लागि आर्थिक वर्ष २०८०÷०८१ को संघीय ससर्त अनुदान उपलब्ध गराउन माग गरेका हुन् ।
मन्त्री कुशवाहाले कृषिमन्त्रीलाई १० वटा प्रस्तावित योजना पेश गर्दै उक्त योजना कार्यान्वयनका लागि ६ अर्ब ७४ करोड ६१ लाख रुपैयाँ बराबरको ससर्त अनुदान उपलब्ध गराउन माग गरेका हुन् ।
वडाहरुमा जैविक मल उद्योग सञ्चालन गर्न, पालिका स्तरमा कृषि बजार स्थापना गर्न, कृषि पर्यटन सञ्चालन गर्न, भेटेरिनरी एम्बुलेन्स सञ्चालन गर्न, ग्रामिण विद्युतीकरणमार्फत सिंचाइ विस्तार गर्न लगायतका योजना पेश गर्दै बजेट माग गरेका हुन् ।
प्रतिक्रिया 4