
१७ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजसंस्था पक्षधरबारे आइतबार गरेको टिप्पणीप्रति राप्रपाले आपत्ति जनाएको छ । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले राजसंस्था मान्नेहरु फटाहा, मुर्ख र अज्ञानी भएको टिप्पणी गरेका थिए ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ओलीको अभिव्यत्तिले राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुगेको भन्दै आपत्ति जनाएका छन् । ‘राजसंस्था मान्नेहरु फटाहा, मुर्ख र अज्ञानी हुन्छन् भन्ने उहाँको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण छ । आफ्नो अभिव्यक्ति फिर्ता लिन अनुरोध गरिन्छ’ श्रेष्ठले फेसबुकमार्फत भनेका छन् ।
उनले ओलीले पनि २०६३ सालसम्म राजसंस्था मानेको भन्दै प्रश्न गरेका छन् । ‘०६३ सालसम्म के ओलीजीहरु पनि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4