
१७ वैशाख, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो नदिएको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि मन्त्रालयको बजेट पनि कटौती भएको बताए ।
कृषि मन्त्रालयको बजेट कटौती नगर्न अर्थमन्त्री डा.प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेपनि अर्थतन्त्र संकटमा रहेको भन्दै आवश्यक चासो नदिएको उनको आरोप थियो ।
कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएपनि कृषि क्षेत्रमा लगानी गर्न सरकार कन्जुस बनेको भन्दै उक्त कार्यप्रति उनले असन्तुष्ट व्यक्त गरेका छन् । उनले कृषि क्षेत्रको विकासका लागि सिंचाइको व्यवस्था र बाँझो जमिनको उपयोगलाई बढाउनुपर्ने बताए ।
‘कृषि क्षेत्र हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो, हामी सबैलाई थाहा छ । कृषि क्षेत्र सबैतिर जोडिएको छ, सबैले भनिरहेका छौं । तर त्यसमा लगानी गर्ने कुरामा सरकार कन्जुस छ । बजेट कृषिको पनि काटेको छ । कृषिको त नकाटम न भनेको के गर्नु खोइ, यस्तै हो भन्नुभयो, अर्थमन्त्रीसँग कुरा गर्दा पनि त्यस्तै, प्रधानमन्त्रीसँग कुरा गर्दा पनि खासै चासो दिनुभएन । कृषि क्षेत्रलाई कसरी अघि बढाउने भन्नेमा कसैको पनि त्यत्ति धेरै चासो देखिँदैन’ उनले भने ।
प्रतिक्रिया 4