+

हल्याण्डको कीर्तिमानसँगै शीर्ष स्थानमा फर्कियो सिटी

२०८० वैशाख  १७ गते २२:०५ २०८० वैशाख १७ गते २२:०५
हल्याण्डको कीर्तिमानसँगै शीर्ष स्थानमा फर्कियो सिटी

काठमाडौं । एर्लिङ हल्याण्डको ५०औं गोलसँगै म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको म्यानचेष्टर सिटीले फुलहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

फुलहमको घरेलु मैदानमा भएको खेलमा सिटीले तेस्रो मिनेटमै हल्याण्डको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । यो सिजनमा मात्र सिटी आएका उनले सबै प्रतियोगितामा गरेर क्लबका लागि ५०औं गोल गरेका हुन् ।

यससँगै उनले टम बेएरिङको कीर्तिमान भेट्टाए । उनले सन् १९३१ मा एकै सिजन ५० गोल गरेका थिए । नर्भेजियन स्टाइकर हल्याण्डले प्रिमियर लिगमा एकै सिजन ३४ गोलको एन्डी कोलको १९९३÷९४ को कीर्तिमान पनि भेट्टाएका छन् ।

१५औं मिनेटमा अल्भेस मोराइसले बराबरी गोल फर्काए । तर यो धेरै टिक्न सकेन । ३६ औं मिनेटमा अल्भारेजले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए ।

सिटीले त्यही अग्रता जोगायो र महत्वपूर्ण ३ अंक हात पारेको छ । यो जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीको ३२ खेलबाट ७६ अंक भएको छ भने एक खेल बढी खेलेको आर्सनलको ७५ अंक मात्र छ ।

 

म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय