+

आईपीएलको एक हजारौं खेलमा मुम्बई विजयी, जैसवालले शतक बनाए पनि राजस्थान पराजित

२०८० वैशाख  १८ गते ७:०० २०८० वैशाख १८ गते ७:००
आईपीएलको एक हजारौं खेलमा मुम्बई विजयी, जैसवालले शतक बनाए पनि राजस्थान पराजित

१८ वैशाख, काठमाडौं । इन्डिनय प्रिमयर लिग (आईपीएल) को एक हजारौं खेलमा मुम्बई इन्डियन्सले पहिलो संस्करणको विजेता राजस्थान रोएल्समाथि रोमाञ्चक जित हात पारेको छ ।

यशस्वी जैसवालको सानदार शतकको मदतमा राजस्थानले मुम्बईलाई २१३ रनको लक्ष्य दिएको थियो । तर टिम डेभिडले अन्तिम ओभरमा लगतार तीन छक्का प्रहार गरेपछि मुम्बईले तीन बल अगावै लक्ष्य पूरा गर्दै ६ विकेटले खेल जितेको हो । साथै मुम्बईको घरेलु मैदानमा दुई सय माथिको स्कोर चेस भएको यो पहिलो पटक हो ।

राजस्थानका युवा ब्याटर जैसलवालको पहिलो आईपीएल शतक हाने पनि जित दिलाउन पर्याप्त भएन  ।

मुम्बईलाई जितका लागि अन्तिम ओभरमा १७ रन आवश्यक थियो । यस्तोमा टिम डेभिडले राजस्थानका ज्यासन होल्डर सरुआती तीन बलमा लगातार तीन छक्का प्रहार गर्दै खेल जिताएका हुन् ।

टिमले १४ बल खेल्दै २ चौका र ५ छक्का मद्तमा अविजित ४५ रन बनाए ।

मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५५ रन बनाए । उनले २९ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे ।

क्यामरुन ग्रीनले २६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४४ तथा इशान किसनले २३ बलमा २८ रन जोडे ।

तिलक बर्माले २१ बलमा अविजित २९ रन जोड्दा ३ चौका र १ छक्का प्रहार गरे ।

राजस्थानका रविचन्द्रन आश्विनले २ तथा ट्रेन्ट बोल्ट र सन्दीप शर्माले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१२ रन बनाएको थियो । एक छेउबाट विकेट गए पनि ओपनर जैसवालले अन्तिम ओभरसम्म टिकेर खेलेका थिए ।

पहिलो विकेटका लागि जोस बटलरसँग ७२ रनको साझेदारी गरेका जैसवालले १९.४ ओभरमा आउट हुनुअघि ६२ बल खेल्दै १८ चौका र ८ छक्का मदतमा १२४ रन बनाए । बटलरले १८ र कप्तान सन्जु सामसनले १४ रन जोडे ।

मुम्बईका अर्शद खानले ३ तथा पियुष चावलाले २ विकेट लिए । जोफ्रा आर्चर र राइले मेरेडिथले समान १ विकेट लिए ।

जितपछि ८ खेलबाट ८ अंक जोडेको मुम्बई सातौं स्थानमा छ ।

चौथो हार बेहोरेको राजस्थान ९ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ ।

आईपीएल मुम्बइ इन्डियन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय