
१९ वैशाख, काठमाडौं । कम्बोडिया पठाइदिन्छु भन्दै ७ लाख रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले चितवनको लालपुर घर भइ भक्तपुरको जगाते बस्ने राजु श्रेष्ठलाई पक्रेको हो ।
श्रेष्ठले १ लाख रुपैयाँ मासिक तलव हुने गरी सेक्युरिटी गार्डमा काम गर्न कम्बोडिया पठाइदिन्छु भन्दै बिजु कार्कीसँगबाट ७ लाख रुपैयाँ लिएर फरार रहेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो ।
त्यसपछि विभागले श्रेष्ठलाई पक्राउ गर्न वैदेशिक रोजगार विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई आग्रह गरेको थियो
। पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान र कारबाहीका लागि विभागमा पठाएको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्र सिहं राठौरले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4