
काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले ग्यालेक्सी एम१४ ५जी मोबाइल बजारमा ल्याएको छ । कम्पनीका अनुसार यो मोडलको मोबाइलमा ५० एमपीको ३ वटा क्यामरा ६००० एमएएच ब्याट्री, ५ एनएम प्रोसेसरको साथ अन्य धेरै विषेशताहरु समावेश छन् ।
सामसङ नेपाल मोबाइल बिजनेसका डाइरेक्टर प्रणयरत्न स्थापितले ग्यालेक्सी एम१४ ५जी मोडल ग्राहकहरुका लागि सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । यो मोडल ५० एमपिको ३ वटा क्यामरा, ५ एनएम प्रोसेसर, ६००० एमएएच ब्याट्री र ५जी ब्याण्डलाई साथ भविष्यको लागि पनि तयार रहेको मोन्स्टर ५ जी डिभाइस भएको उनले बताए ।
कति छ मूल्य ?
कम्पनीका अनुसार ग्यालेक्सी एम१४ ५जी आइसाइ सिल्भर, बेरी ब्लू र स्मोकी टेल रंगमा उपलब्ध छन् ।
६ प्लस १२८ जीबीयुक्त ग्यालेक्सी एम१४ ५जीको मूल्य २४ हजार ९९९ रुपैयाँ रहेको छ । यो मोडल ३ मे २०२३ देखि देशभरका सबै शोरुमहरुमा बिक्रीका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4