
२० वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति (जिसस) हरुलाई बेरुजुको सम्बन्धमा आवश्यक प्रमाण तथा कागजात जुटाएर तथ्यपरक टिप्पणी उठाएर पठाउन परिपत्र गरेको छ ।
मंगलबार जिल्ला समन्वय समितिका प्रमुख र अधिकारीलाई परिपत्र गर्दै सरकारी कार्यालयमा बेरुजु देखिनुको कारणसहित आगामी जेठ १५ गतेसम्ममा टिप्पणी फाइल पठाउन परिपत्र गरेको हो ।
मन्त्रालयले जिससहरुलाई बेरुजु फछ्र्यौट गर्ने/गराउने कार्यलाई अभियानका रुपमा सञ्चालन गर्न निर्देशन दिँदै सरकारी कार्यालयमा रहेको बेरुजु असुलउपर गरी लेखापरीक्षकको कार्यालयबाट सम्परीक्षण गराउन पनि परिपत्र गरेको छ ।
हेर्नुहोस् सामान्य प्रशासनको परिपत्रः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4