+

प्रशिक्षक विहीन मनाङले आर्मीलाई हरायो 

२०८० वैशाख  २० गते २०:०८ २०८० वैशाख २० गते २०:०८
प्रशिक्षक विहीन मनाङले आर्मीलाई हरायो 

२० वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा प्रशिक्षक विहीन मनाङ मस्र्याङ्दी क्लबले नेपाल आर्मीमाथि १–० को जित निकालेको छ ।

आठौं खेलमा पहिलो जित हात पार्ने क्रममा मनाङका लागि तिमोथी कुडोले इन्जुरी समयमा गोल गरे । यसअघिका सात खेलमा जित विहीन रहेको मनाङले लगातार ६ खेल हारेको थियो ।

लिगमा लगातार हारपछि मनाङका प्रशिक्षक किरण श्रेष्ठले राजिनामा दिएका थिए ।

जसका कारण मनाङ आज प्रशिक्षक बिना नै मैदान उत्रिएको थियो । मनाङको टच लाइन गोल किपर प्रशिक्षक प्रविण श्रेष्ठले सम्हालेका थिए ।

यो जितसँगै मनाङ १४ खेलबाट १८ अंक बटुल्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ । पाँचौ स्थानमा रहेको आर्मीको भने १४ खेलबाट २० अंक छ ।

मनाङ मर्स्याङदी क्लब शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय