+
+

सनराइज बैंकको २ शाखारहित बैंकिङ सेवा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १८:३१

काठमाडौं । सनराइज बैंक लिमिटेडले कञ्चनपुर र डडेल्धुरामा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ स्थित कलुवापुरमा र डडेल्धुराको अजयमेरु गाउँपालिका-५ स्थित देवलदिव्यपुरमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । योसँगै बैंकको शाखारहित बैंकिङ संख्या १०२ पुगेको जनाएको छ ।

बैंकले सेवा सञ्चालनका लागि कृष्णपुरका करम सिंह राना र देवलदीव्यपुरका नरेश भट्टलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध हुने बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?