
२१ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाले अक्षय कोष स्थापना गर्न दुई वटा संस्थालाई ७५ लाख रूपैयाँ प्रदान गरेको छ । हिरण्य वर्ण महाविहार सुधार समिति र ललितपुर बुद्ध जयन्ती कोषलाई क्रमशः ५० हजार र २५ हजार रूपैयाँ प्रदान गरेको महानगरले जनाएको छ ।
महानगरका प्रमुख चिरिबाबु महर्जनले हिरण्य वर्ण महाविहार सुधार समितिका अध्यक्ष पुष्पराज बज्राचार्य र ललितपुर बुद्ध जयन्ती कोषका अध्यक्ष चन्द्रमान शाक्यसँग अक्षयकोष सम्बन्धी समझदारी पत्रमा छुट्टाछुट्टै हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा हस्ताक्षर पश्चात महानगरका प्रमुख महर्जनले बज्रचार्य र शाक्यलाई क्रमशः ५० हजार र २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए ।
हिरण्य वर्ण महाविहार सुधार समितिलाई सम्यक महादान पर्वको निरन्तरताका लागि र कोषलाई बुद्ध जयन्ती समारोह सञ्चालन र व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्न उक्त सहयोग गरिएको महानगरले जनाएको छ ।
‘आर्थिक अभावमा धार्मिक र सांंस्कृतिक रुपमा महत्वपूर्ण पर्व ओझेलमा नपरुन् भनेर महानगरले अक्षयकोषका लागि रकम दिएको हो’ चेक हस्तान्तरण पछि ललितपुरका मेयर महर्जनले भने ।
प्रतिक्रिया 4