+
+

मिस्टर्स एण्ड मिस ब्लाइण्ड रकर्स इन्टरनेशनलको फाइनल वैशाख ३० गते हुने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २२ गते १३:०५

२२ वैशाख, काठमाडौं । मिस्टर्स एण्ड मिस ब्लाइण्ड रकर्स इन्टरनेशनल चौथो सिजनको फाइनल वैशाख ३० गते हुने भएको छ ।

फाइनलका लागि ६ देशबाट २० सहभागी छनौट गरिएको छ । मिस्टर्स एण्ड मिस ब्लाइण्ड रकर्स इन्टरनेशनलमा सहभागी हुन ५० जनाले आवदेन दिएको भए पनि भर्चुअल माध्यमबाट २० जना छनौट गरिएको छ ।

छनौट भएका २० जनालाई भर्चुअल माध्यमबाट तालिम दिएपछि अहिले आवासीय तालिममा राखिएको आयोजक ब्लाइण्ड रक्सले जनाएको छ ।

दृष्टिविहीन व्यक्तिहरु पनि अन्य व्यक्ति सरह सक्षम छन् भन्ने देखाउनका लागि मिस्टर्स एण्ड मिस ब्लाइण्ड रकर्स इन्टरनेशनल आयोजन गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?