+
+

लार्के पास गर्ने क्रममा २० वर्षीय युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते ६:१७

२४ वैशाख, गोरखा । मनास्लु पदमार्ग हुँदै लार्के पास गर्ने क्रममा एक व्यक्तिको मृत्यु भएको छ ।

बहराल एडभेन्चर प्रालिबाट पोर्टरको रुपमा लार्के पास गर्न गएका धादिङ नीलकण्ठ नगरपालिका-११ का प्रकाश दवाडीको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

डीएसपी लिलाराज लामिछानेका अनुसार २० वर्षीय दवाडी यही वैशाख १८ गते लार्के पासका लागि टोलीसँग धर्मशालाबाट अघि बढेका थिए । तर हावाहुरी र हिमपातका कारण उनी आफ्नो टोलीभन्दा पछाडि परे ।

वैशाख १९ गते लार्के पासका लागि धर्मशालाबाट निस्किएको अमेरिकन टोलीले उनलाई बिरामी अवस्थामा देखेपछि रेस्क्यू गरेको थियो । भारी छाडेर सँगै जान आग्रह गरेपनि दवाडी नमानेपछि सो टोलीले उनलाई छाडेर गएको थियो । त्यसपछि एक्लिएका दवाडी शनिबार लार्के भन्ज्याङ नजिकै मृत अवस्थामा भेटिएको डीएसपी लामिछानेले जानकारी दिए ।

डायनेष्टी हेलिकप्टरमार्फत उनको शव सामागाउँस्थित प्रहरी चौकीमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?