+
+

दूरसञ्चार प्राधिकरणले भन्यो : एकै पटक तार व्यवस्थापन गर्न कठिनाइ छ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते ८:४९

२४ वैशाख, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन र इन्टरनेटका तार एकै पटक व्यवस्थित गर्न सम्भव नभएको बताएको छ ।

काठमाडौं महानगरपालिकाले यही वैशाख २७ गतेसम्म महानगरपालिकाभित्रका तार व्यवस्थियत गर्न अल्टिमेटम दिएपछि प्राधिकरणले सूचना जारी गर्दै काम अगाडि बढाइएको तर एकै पटक व्यवस्थित गर्न कठिनाइ हुने बताएको हो ।

प्राधिकरणले अहिले तार व्यवस्थापनका लागि सडक निर्माण हुँदा ‘युटिलिटी डक्ट’को व्यवस्थापन गर्न कानून निर्माण भइरहेको जनाएको छ ।

महानगरपालिका, इन्टरनेट सेवा प्रदायक संघ नेपाल र प्राधिकरणसमेतको सहकार्यमा सिंहदरबार वरिपरि, पुतली सडक, कमलादी, ठमेल, एयर्पोर्ट माइतीघरलगायत पाटन दरबार क्षेत्रमा प्रयोगमा नरहेका तार हटाइ बंडलिंग गरिएको समेत प्राधिकरणले जानकारी गराएको छ ।

यसका साथै दूरसञ्चार पूर्वाधार सेवा प्रदायकको व्यवस्था गर्न नेपाल सरकारलाई यस अगाडि नै सिफारिस भई नियमावली पारित हुने अन्तिम चरणमा रहेकोले अव्यवस्थित तारको व्यवस्थापन हुनुको साथै दोहोरो लगानीको समेत अन्त्य हुने कार्य भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?