+
+

जनप्रशासन क्याम्पसमा विद्यार्थीले लगाए ताला

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १२:५५

२४ वैशाख, काठमाडौं। जनप्रशासन क्याम्पस बल्खुमा आर्थिक अनियमितता भएको भन्दै विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् ।

अखिल क्रान्तिकारी, अनेरास्ववियू र नेविसंघले संयुक्त रुपमा क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासन कक्षमा तालाबन्दी गरेका हुन् ।

विद्यार्थी संगठनहरुले स्ववियु फन्डको चरम दुरुपयोग, विद्यार्थीको धरौटी र छात्रवृत्ति बाफतको रकम हिनामिना भएको दाबी गरेका छन् । साथै प्रोफेसरले कपि जाँचेबाफतको पारिश्रमिक रकम पनि हिनामिना भएको उनीहरुको दाबी छ ।

यो विषयबारे मिडियामा समाचार सार्वजनिक भएपछि निष्पक्ष छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन माग गर्दासमेत बेवास्ता गरेकाले आज (आइतबार)देखि अनिश्चितकालीन तालाबन्दी गरिएको विद्यार्थी संगठनहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त विज्ञप्तिमा स्वतन्त्र विद्यार्थी नेपालका नितेश बस्नेत, अखिल क्रान्तिकारीका अभिषेक राज ठाकुर, अनेरास्ववियूका हिमाल थापा क्षेत्री र नेविसंघका रबिन यादवले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?