+
+

‘ज्याकी : आई एम ट्वान्टी वान’को क्लाइमेक्स दृश्य परिवर्तन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १४:०८

काठमाडौं । प्रदर्शनको तीन दिनमै फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’ले क्लाइमेक्समा परिवर्तन गरेको छ । अब फिल्म हेर्ने दर्शकले क्लाइमेक्सलाई नयाँ स्वरुपमा देख्न पाउने निर्देशक रेनशा राई राणाले जानकारी दिइन् । दर्शकले क्लाइमेक्स अपूर्ण भएको भन्दै त्यसलाई परिवर्तन गर्न सुझाएको रेनशाले बताइन् ।

‘हामीले दर्शकको मागलाई ध्यानमा राखेर क्लाइमेक्समा परिवर्तन गरेका छौं । परिवर्तित क्लाइमेक्सलाई दर्शकले मन पराउनुभएको छ,’ उनले भनिन्, ‘दर्शकले फिल्मलाई पूर्ण रुपमा मन पराउनुभएको छ । क्लाइमेक्समा आएको गुनासोलाई समेत हामीले परिवर्तन गरेका हौं ।’

हलमा प्रदर्शन भइरहेको फिल्मको महत्वपूर्ण अंश यसरी परिवर्तन गरिने नेपाली फिल्म क्षेत्रमा दुर्लभ उदाहरण हो । यसअघि ‘दुई नम्बरी’ फिल्ममा केही दृश्य परिवर्तन गर्दा सेन्सर बोर्डले प्रश्न उठाएको थियो भने चलचित्र विकास बोर्डले वक्तव्य जारी गर्दै यसप्रति चासो जनाएको थियो ।

बोर्डको तथ्यांकअनुसार ज्याकी : आई एम ट्वान्टी वान’ले तीन दिनमा ३५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । यो निकै न्यून सप्ताहन्त ओपनिङ हो । यद्यपि हेरेका जतिले फिल्मलाई रुचाएको निर्देशक रेनशाले जानकारी दिएकी छन् । ‘क्लाइमेक्स परिवर्तन गरेर हलमा लागेपछि दर्शकले धन्यवाद दिनुभएको छ,’ उनले भनिन् । फिल्ममा धीरज मगर, जसिता गुरुङ, प्रेम सुब्बा, लुनिभा तुलाधर लगायतको शीर्ष भूमिका छ । फिल्मलाई आइकोर फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो ।

यसलाई मुलुककै पहिलो डान्स ड्रामा फिल्म रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?