
२४ वैशाख, काठमाडौं। कम्बोडिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाको पृथ्वीनारायण नगरपालिका-१० तेलकट घर भई हाल काठमाडौं महानगरपालिका- २६ नया वसपार्क बस्ने ३१ वर्षीय सुदिप लामा तामाङ रहेका छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वेदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
उनले वैदेशिक रोजगारीको लागि कम्बोडिया जानको लागि पीडितहरुबाट ३१ लाख रुपैयाका ठगी गरेको प्रहरीको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4