
भूतपूर्व लाहुरे हजुरबाले जङ्गिएर सोध्नु भो, ‘खै तिमीहरूको सिरुपाते ? खै चम्किलो धारमा रगत ? खै त शत्रुको छिनालिएको शिर ? खै … खै … कसरी तिमीहरू वीर ?’
दुब्ली पातली नातिनी बोलिन्, ‘हजुरबा ! म कम्प्युटरमा केही त्यस्ता काम गर्न सक्छु, जो संसारमा अरु कसैले सक्दैन ।’
सालिन भद्र नाति बोल्यो, ‘हजुरबा ! म संगीतमा केही त्यस्ता धुन बनाउँछु जसमा सारा विश्व झुम्छ। मलाई स्याबासी दिन्छ र पुरस्कृत गर्छ ।’
तेस्रो फुर्तिलो नाति बोल्यो, ‘हजुरबा म खेलकुदमा छु । देशको निम्ति क्रिकेट खेल्छु र देशलाई सधैं जित दिलाउँछु ।’
हजुरबा केहीबेर घोत्लिनुभो र शान्त स्वरमा भन्नुभयो, ‘ए … ए … बुझेँ बुझेँ । तिमीहरू नववीर हौ, नववीर ।’
आज देशलाई नववीरहरूकै खाँचो छ । स्याबास !’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4