+
+

सांसदहरुले अर्थमन्त्री खोजेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते १४:११

२५ वैशाख, काठमाडौं । प्रतिनिधिसभामा आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको छ । तर, छलफलका क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत अनुपस्थित रहेको प्रश्न उठेपछि प्रतिनिसभाको बैठक १५ मिनेका लागि स्थगित गरिएको छ ।

प्रावधिक कारणले अर्थमन्त्री उपस्थित हुन नसकेको भन्दै सभामुख देवराज घिमिरेले बैठक १५ मिनेका लागि स्थगित गरिदिएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्त, सूर्य थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सुमना श्रेष्ठले प्रि बजेट छलफलमा अर्थमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने प्रश्न उठाएका हुन् ।

तर, राष्ट्रिय सभाको बैठकमा पनि प्रि बजेट छलफल चलिरहेको र उक्त बैठकमा अर्थमन्त्री सहभागी रहेको भन्दै सभामुखले सांसदहरुलाई सम्झाएका थिए । सांसदहरुले अर्थमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने अडान लिएपछि प्रतिनिधिसभाको बैठक नै १५ मिनेका लागि स्थगित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?