
काठमाडौं । संगीतप्रेमीमाझ ‘लिल बुद्ध’बाट परिचित र्यापर साकार अधिकारी पछिल्लो नौ महिना गुमनामजस्तै थिए । समकालीन र्यापरबीच निकै चर्चित यी तन्नेरीको खबरलाई लिएर जान्न र सुन्न फ्यान अधैर्यजस्तै थिए । उनको संगीतको पर्खाइमा रहेका फ्यानलाई खुसीको खबर छ ।
उनको आगामी एल्बम जुनमा रिलिज हुने भएको छ । जुन महिनाको पहिलो साता सार्वजनिक हुने एल्बम रिलिजसँगै साकारले मुलुकका नौ सहरमा कन्सर्ट पनि गर्दैछन् ।
पाँच वर्षदेखि साकारको टुरको व्यवस्थापन गर्दै आएको पीभीई नेटवर्कले यसपटक पनि उनको नेपाल टुरको व्यवस्थापन गर्दैछ । नेटवर्कका अनुसार साकारले यस वर्ष अष्ट्रेलिया, भारत, युरोप र मध्यपूर्वी देशमा सांगीतिक भ्रमण गर्नेछन् । साकारको पछिल्लो म्युजिक भिडियो ‘नो पिस इन लभ’ नेपालसहित अष्ट्रेलिया र यूएईमा ट्रेन्डिङमा परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4