
२५ वैशाख, काठमाडौं । राप्रपाको महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा अञ्जना शाह रावल सर्वसम्मत चयन भएकी छिन् ।
आइतबार राजधानीमा जारी महाधिवेशनले रावलको नेतृत्वमा ६१ सदस्यीय कार्यसमिति चयन गरेको हो । महाधिवेशनबाट उपाध्यक्षमा संगीता मल्ल ठकुरी (धनुषा) र महासचिवमा कुमारी स्याङ्तान(सिन्धुपाल्चोक) निर्वाचित भएका छन् ।
त्यस्तै उपाध्यक्षमा सिजन श्रेष्ठ (काठमाडौं) र सरस्वती श्रेष्ठ (रामेछाप), महासचिवमा रञ्जना सेन ठकुरी(कास्की) र चम्पा अधिकारी(काठमाडौं) मनोनित भएका छन् ।
महाधिवेशनले पिछडिएको क्षेत्र, अल्पसंख्यक, थारु, उत्यीडित, जनजातिको प्रतिनिधित्व सुनिश्चित गर्दै केन्द्रीय सदस्यहरु पनि चयन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4