
काठमाडौं । गायक तथा अभिनेता यश कुमार कमलपोखरीस्थित आलिसान लाउन्ज एन्ड क्लबमा गुन्जिने भएका छन् । बुधबार राति ब्यान्डसहित उनको लाइभ कन्सर्ट तय भएको हो ।
साँझ ७ बजेदेखि डोर ओपन हुने कन्सर्टमा यशले ब्यान्डसहित आफ्ना चर्चित नयाँ/पुराना गीत गाउने तयारी रहेको आलिशानका सञ्चालक राम थापाले जानकारी दिए । कन्सर्टमा यशले म कहिले हाँसेको थिएँ, तिम्रो मन बदलिएछ, बिरानो यो मन्दिरमा, हिजो अर्कैसँग देखेँ, म आफ्नै इनार बनाउँछु, तिमीलाई कुनै पललगायत आफ्नो चर्चित गीतहरु गाएर दर्शक झुमाउने कार्यक्रम छ ।
कन्सर्टमा आलिशान ब्यान्डले प्रारम्भिक प्रस्तुति दिने तय छ । त्यसपछि मात्रै यश स्टेजमा उक्लिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4