
२६ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम दिन राजनीतिक दलहरुलाई दिएको समय घर्किएको छ ।
गत आइतबार बसेको प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले प्रमुख सचेतक र सचेतक मार्फत सभामुख घिमिरेले तीन दिनभित्र समितिमा रहने सदस्यहरुको नाम दिन निर्देश गरेका थिए । तर, मंगलबारसम्म कुनै पनि राजनीतिक दलले सुनुवाई समितिमा रहने सदस्यहरुको नाम दिएका छैनन् ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी भन्छन्, ‘कुनै पनि राजनीतिक दलबाट सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम प्राप्त भएको छैन ।’ संसदीय सुनुवाइ समिति गठन नहुँदा संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ अनिश्चित बनेको छ । सोमबार बसेको परिषद बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको हो ।
राजनीतिक दलहरुले समितिमा रहने सदस्यहरुको नाम नदिएका कारण सुनुवाइ समिति गठन हुन सकेको छैन् ।
प्रतिक्रिया 4