+
+

मोर्डन इण्डियन स्कुलले अन्तरविद्यालय खेलकुद गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १७:२५

२६ वैशाख, काठमाडौं । मोर्डन इण्डियन स्कुलले पाँचवटा खेल समावेश गरी एमआईएस अन्तर विद्यालय खेलकुद आयोजना गर्ने भएको छ ।

प्रतियोगिता जेठ ९ देखि १२ गतेसम्म विद्यालय परिसर चोभारमा हुनेछ ।

चारदिने प्रतियोगितामा बास्केटबल, फुटबल, टेवलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल खेलमा कम्तिमा ८ विद्यालयबीच प्रतिस्पर्धा हुनेछ ।

विद्यालयका जनसम्पर्क अधिकृत नरेश रावलका अनुसार सहभागिताका लागि उपत्यकाका विद्यालयहरुलाई आमन्त्रण पठाइएको छ ।

पहिला दर्ता गर्नेलाई प्राथमिकता दिइने र ८ वटासम्म विद्यालयका टिमलाई समावेश गरिने उनले बताए ।

प्रतियोगितामा करिव ५ सय विद्यार्थीको सहभागिता रहने अनुमान आयोजक मोर्डन इण्डियन स्कुलले गरेको छ ।

विद्यालयबीच अन्तरक्रिया र विद्यार्थीलाई प्रतिस्पर्धाको एक माध्यम प्रदान गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको मोर्डन इण्डियन स्कुलका प्राचार्य राजु पिटरले बताए ।

मोर्डन इण्डियन स्कुलले करिव डेढ दशकदेखि अन्तरविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?