
२६ वैशाख, काठमाडौं । मंगलबार कानुन दिवस एक कार्यक्रम गरी मनाइएको छ ।
सर्वोच्च अदालतले मंगलबार आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति थियो ।
विशेष समारोहमा बोल्दै मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले सुदृढ, पहुँचयुक्त र जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकासमा कानुन दिवसले प्रेरणा प्रदान गर्ने कामना गरे ।
उनले स्वच्छ, निष्पक्ष, छिटो, छरितो एवं गुणस्तरीय न्याय सम्पादन र प्रभावकारी सेवामार्फत् सुदृढ एवं भरोसायोग्य न्याय प्रणालीको स्थापना र विकासका लागि आ–आफ्नो ठाउँबाट सबैले योगदान पु¥याउनुपर्ने बताए ।
कानुन व्यवसायीहरुले पनि सर्वसाधारणलाई छिटो, छरितो न्याय दिने गरी न्याय सम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल बार एशोशिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय नपाएर छटपटिएका सर्वसाधारणलाई छिटो न्याय दिने गरी काम गर्न कानुन व्यवसायीहरुलाई अपिल गरे ।
प्रतिक्रिया 4