+
+

भवनलाई लिएर एमाले र एकीकृत समाजवादी निकट पेशागत महासंघबीच विवाद

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते २०:४८

२६ वैशाख, काठमाडौं । नेकपा एमाले र नेकपा एकीकृत समाजवादी निकट पेशागत महासंघबीच काठमाडौंको लैनचौरस्थित भवनलाई लिएर विवाद भएको छ ।

मंगलबार एमाले निकट महासंघले उक्त भवन खाली गर्न माग गर्दै प्रदर्शन गरेपछि दुई पक्षबीच विवाद भएको हो ।

दुई पक्षबीच विवाद बढ्दै गएपछि सम्भावित झडप रोक्न सुरक्षाकर्मी परिचालन गरिएको थियो । एमाले विभाजनदेखि नै उक्त भवन एकीकृत समाजवादी निकट पेशागत महासंघले प्रयोग गर्दै आएको थियो ।

एमाले विभाजन नहुँदै उक्त भवनलाई पेशागत महासंघले तीन करोड रुपैयाँमा किनेको थियो । चार तले उक्त भवनमा हलसहित १५ वटा कोठा रहेका छन् ।

अहिले आएर किन विवाद ?

पेशागत महासंघका उपाध्यक्ष भोला पोखरेल एमाले विभाजन हुँदा एकीकृत समाजवादी निकट महासंघतर्फ लागेका थिए ।

पोखरलले बहुमत आफूसँग हुँदा एकीकृत समाजवादी निकट महासंघले त्यो भवन प्रयोग गरेको र आफू एमालेमा फर्केपछि एमालेतर्फ नै बहुमत पुगेकाले भवनमा आफूहरुको दाबी रहेको बताए । ‘म उता हुँदा उतै बहुमत थियो,’ उनले भने, ‘म यता आएपछि बहुमत यतै भयो ।’

तर, उनी गत असारमा एमालेमै फर्किएका थिए । त्यसपछि महासंघको समितिमा एमालेनिकट महासंघको बहुमत पुगेको पोखरेलले बताए । ‘यता बहुमत भएपछि त त्यो हाम्रो सम्पत्ति भयो’, उनले भने, ‘सम्पति त जसको बहुमत हुन्छ, त्यसले फिर्ता पाउनुपर्छ ।’

एकीकृत समाजवादीनिकट पेशागत महासंघ अन्तर्गत शिक्षा र निजामती गरी दुईवटा संघ मात्रै भएको र आफूहरुसँग १२ वटासँग भएको पोखरेलको दाबी छ । त्यसैले महासंघका लागि एकीकृत समाजवादी निकटको दाबी नपुग्ने उनको भनाइ छ ।

तर, एकीकृत समाजवादी निटक महासंघले भने आफूलाई आधिकारिक दाबी गरेको छ ।

महासचिव राजन रेग्मीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पेसागत महासंघ नेपाल अविच्छिन्न उत्तराधिकारवाला संस्था हो । यो महासंघ नेपाल सरकारको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता भई निरन्तर रूपमा नवीकरण हुँदै आएको छ ।’

एकीकृत समाजवादी निकट महासंघले गत फागुनमा सम्मेलन गरेर प्रेमलकुमार खनाललाई अध्यक्ष चयन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?