२८ वैशाख, काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले लामो समयपछि टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने भएको छ ।
नेपाल र मलेसियाबीच यही मे महिनाको अन्तिमदेखि जुन पहिलो सातासम्म पाँच खेलको टी-२० आई सिरिज हुने भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
नेपाल र मलेसियाबीच पाँच खेलको सिरिज मे २९ देखि जुन ४ सम्म मलेसियाको युएसडी युमेएम ओभलमा हुनेछ ।
पहिलो खेल मे २९ र दोस्रो खदेल मे ३० मा हुनेछ । यस्तै तेस्रो खेल जुन १ मा, चौथो खेल जुन ३ र पाँचौ खेल जुन ४ मा हुनेछ ।
नेपालले पछिल्लो पटक २०७९ असार ९ गते एसीसी वुमन्स टी-२० च्याम्पियनसिपको खेल खेलेको थियो । सेमफिाइनल खेल वर्षाका कारण प्रभावित हुँदा नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।
प्रतिक्रिया 4