+
+

विज्ञापन एजेन्सीलाई सूचीकृत हुन थप एक वर्ष समय

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते १९:१७

२८ वैशाख, काठमाडौं । सरकारले विज्ञापन बोर्डमा सूचीकृत नभएका विज्ञापन एजेन्सीलाई सूचीकृत हुनका लागि थप एक वर्षको समय दिने तयारी गरेको छ ।

विज्ञापन नियमन गर्ने ऐन २०७६ ले सोही ऐन लागू भएको एक वर्षभित्र विज्ञापन बोर्डमा सूचीकृत भइसक्न भनेको थियो । विज्ञापन बोर्डले सूचिकृत हुनका लागि मापदण्ड बनाएर कार्यान्वयनमा पनि ल्याइसकेको छ । मापदण्ड अनुसार विज्ञापन एजेन्सीहरु बिज्ञापन बोर्डमा हरेक वर्ष सूचिकृत हुनुपर्छ ।

तर, कतिपय बिज्ञापन एजेन्सीहरु सूचीकृत नभएका कारण सरकारले थप एक वर्षको समय दिने गरी कानुन संशोधन गर्न लागेको हो ।

प्रचलित ऐनको दफा २६ मा विज्ञापन एजेन्सीहरु सूचिकृत हुनुपर्ने व्यवस्था छ । दफा २६ को उपदफा १ मा भनिएको छ, ‘विज्ञापन एजेन्सी तोकिए बमोजिमको विवरण दाखिला गरी बोर्डमा सूचीकृत हुनुपर्नेछ ।’ उपदफा २ मा भनिएको छ, ‘यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेका विज्ञापन एजेन्सी यो ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र उपदफा १ बमोजिम सूचीकृत हुनुपर्नेछ ।’

प्रचलित यो व्यवस्था अनुसार कतिपय विज्ञापन एजेन्सीहरु सूचीकृत हुन नगएपछि सरकारले ऐन नै संशोधन गरेर सूचीकृत हुनमा लागि थप एक वर्षको समय दिन लागेको हो । संशोधनका लागि तयार प्रस्तावित विधेयकमा भनिएको छ, ‘विज्ञापन कारोबार गर्ने सञ्चारमाध्यम तथा विज्ञापन एजेन्सी तोकिए बमोजिमको विवरण दाखिला गरी बोर्डमा सूचीकृत हुनुपर्नेछ ।’

यो दफा प्रारम्भ हुँदाका बखत कायम रहेका विज्ञापन कारोबार गर्ने सञ्चारमाध्यम यो दफा प्रारम्भ भएको मितिले एक वर्षभित्र सूचीकृत हुनुपर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?