
काठमाडौं । विश्व फिल्मको प्रतिष्ठित फेस्टिभल मानिने कान्स अर्को सातादेखि प्रारम्भ हुँदैछ । हलिउड स्टारहरु लियोनार्दो डिकाप्रियो, नाटाली पोर्टम्यान, ह्यारिसन फोर्डलगायतले रेडकार्पेट नाप्ने अपेक्षा गरिएको रोयटर्सले जनाएको छ । फ्रान्सेली रिभिएरामा हुने यो महोत्सव ११ दिनसम्म चल्नेछ ।
यस वर्षको महोत्सव स्क्रिनिङ, प्रेस सम्मेलन र ग्ल्यामर्स पार्टी मिलेर बनेको सिनेमाको सबैभन्दा ठूलो प्रदर्शनीको ७६ औं संस्करण हो । यसपटक नेपालबाट कान्समा कसले भाग लिनेछ यसबारे केही खुलेको छैन । तर भारतबाट सरकारले नै प्रतिनिधि पठाउने तयारी छ । यहाँ कान्सबारेका केही तथ्य प्रस्तुत गरिनेछन् ।
कान्स फेस्टिभल के हो ?
कान्स विश्वको सबैभन्दा ठूलो फिल्म महोत्सव हो, जुन सन् १९३९ मा तत्कालीन फासिस्ट सरकारको विरुद्धमा भेनिस फिल्म फेस्टिभलको विकल्पको रूपमा सुरु भएको थियो । यो महोत्सव सन् १९४८ र १९५० मा बाहेक १९४६ देखि हरेक वर्ष फेस्टिभल आयोजना हुँदै आएको छ । ती वर्षमा यो फेस्टिभल रकम अभावले रोकिएको थियो ।
फेस्टिभलमा प्रत्येक वर्ष १२ हजार ५०० भन्दा बढी व्यावसायिक फिल्म सहभागी हुने गरेका छन् ।
कान्स कहिले हुन्छ ?
यस वर्षको महोत्सव मे १६ मा सुरु हुन्छ, जसमा निर्देशक माइवेन र जोनी डेप अभिनित फ्रेन्च भाषाको फिल्म ‘जिन डु बेरी’ प्रिमियर हुनेछ । यो फेस्टिभल मे २७ सम्म चल्छ, पिक्सर कम्पनीको फिल्म ‘एलिमेन्टल’सँगै यो फेस्टिभल समाप्त हुनेछ ।
कान्स २०२३ का लागि कस्ता फिल्म छनोट भएका छन् ?
त्यहाँ देखाइएका फिल्मलाई आधिकारिक रुपमा छनोट गर्ने धेरै विधा छन् । पाल्मे डी’ओर पुरस्कारको लागि प्रतिस्पर्धामा रहेका फिल्मलाई अग्रणी फिल्म मान्ने गरिन्छ । यसपटक २१ फिल्म यो पुरस्कारको लागि प्रतिस्पर्धामा छन् । तपाईंले यो विधाको प्रतिस्पर्धामा रहेका फिल्मका नामावली कान्सको पोर्टलाबट हेर्न सक्नुहुनेछ ।
गैरप्रतिस्पर्धी फिल्ममा मार्टिन स्कोरसेसको ‘किलर अफ द फ्लावर मुन’ र ह्यारिसन फोर्डको ‘इण्डियाना जोन्स एण्ड द डायल अफ डेस्टिनी’ छन् । यस्तै छोटो फिल्म र आर्टहाउस फिल्म-केन्द्रित फिल्म पनि छन् ।
विगतमा क-कसले जितेका छन् ?
कान्सको शीर्ष पुरस्कार पाल्मे डी’ओर हो, जसका विगतका विजेतामा ‘ट्याक्सी ड्राइभर’, ‘एपोकलिप्स नाउ’, ‘पल्प फिक्सन’, ‘द पियानोवादक’ र ‘प्यारासाइट’ समावेश छन् । केवल दुई महिला निर्देशकहरू, जेन क्याम्पियन र जुलिया डुकोर्नौले क्रमशः ‘द पियानो’ र ‘टाइटेन’को लागि पुरस्कार जितेका छन् ।
अन्य पुरस्कारमा ग्राण्ड प्रिक्स, निर्णायक पुरस्कार, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट पटकथा र उत्कृष्ट लघुफिल्म समावेश छन् । गत वर्ष पाल्मे डी ओर अवार्ड ‘ट्रांगल अफ स्याडनेस’ले जितेको थियो ।
प्रतिक्रिया 4