+
+

खुला जुनियर मण्डिखाटार टेनिस प्रतियोगिता सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २९ गते १८:२०

काठमाडौं । मण्डिखाटार जुनियर खुला टेनिस प्रतियोगिता सम्पन्न भएको छ । गत शनिबारदेखि सुरु भएको प्रतियोगितामा ८ वर्षदेखि १६ वर्षसम्मको बालबालिकाको सहभागिता रहेको थियो । १०६ जना सहभागी रहेको यो प्रतियोगितामा राष्ट्रियस्तरमा पहिलो पटक सञ्चालन गरिएको  हो ।

कार्यक्रममा नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले ५ वर्षदेखि १४ वर्षका बालबालिकालाई  तालिम दिँदै आइरहको र यस्तो खेलले खेलकुदको बिकाससँगै राष्ट्रिय खेलाडी उत्पादन हुने बताइन् ।

मण्डिखाटार टेनिस क्लबका अध्यक्ष तथा आयोजक नवराज कुवंरले जुनियार टेनिस राष्ट्रिय रुपमा पहिलो पटक आयोजना गरिएको जानकारी गराउँदै यो खेलले आफनो क्षमता विकास सँगै खेलकुद क्षेत्रमा नै टेवा पुग्ने बताए’ ।

नेपालको टेनिस खेललाई देशब्यापी रुपमा विकास र बिस्तार गर्दै  लैजाने तथा हरेक प्रदेशमा यो खेलको आयोजना गर्दै लैजाने  कल्बका सल्लहाकार  मेघेन्द्र प्रकाश गिरीले जानकारी दिए ।

प्रतियोगितामा महिला ८ वर्ष उमेर समूहबाट निम्ती कुवर, ९ वर्ष उमेर समूहबाट सारा पन्त, १० वर्ष उमेर समूहबाट सारा पन्त, १२ वर्ष उमेर समूह (महिला)बाट सिवाली गुरुङ, १० वर्ष उमेर समूह (महिला)बाट सिवाली गुरुङ र १६ वर्ष उमेर समूहबाट सुनिरा थापा प्रथम भए ।

यसैगरी पुरुषको ८ वर्ष उमेर समूहबाट भिरल अग्रवाल, ९ वर्ष उमेर समूहबाट सूर्यजंग कार्की, १० वर्ष उमेर समूहबाट विश्व विशेष डल्लाकोटी, १२ वर्ष उमेर समूहबाट अर्पण सम्राट होला, १४ वर्ष उमेर समूहबाट डेबिल श्रेष्ठ र महेश जोशी विजेता बने ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई नगद पुरस्कार तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?