
३० वैशाख, सुर्खेत । सुर्खेतका बादी समुदायका बालबालिकालाई फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) को अष्ट्रेलियामा रहेका युवाहरुले साढे ३ लाख रुपैयाँ बराबरको खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।
वीरेन्द्रनगर– ८, खजुरामा रहेको बादी सरोकार मञ्चमा आश्रित ११० जना बालबालिकाका लागी शनिबार एमआरआर सुर्खेतको समन्वयमा सामाग्री प्रदान गरिएको हो ।
बादी आवास गृहमा आश्रित बालबालिकाले विभिन्न अभाव झेलिरहेको थाहा पाएपछि एमआरआरका अष्ट्रेलियामा रहेका सदस्यहरुले अभियान नै चलाएर सहयोग रकम संकलन गरेको एमआरआर सुर्खेत संयोजक सागर लम्सालले जानकारी दिए ।
लम्सालका अनुसार आवसगृहमा ५० बोरा चामल, चार बोरा दाल, चार वटा ग्यास सिलिन्डर, ग्यास चुलो दुई थान, एक बोरा चिनी, चार कार्टुन तेल, सुजी र चिउरालगायतका सामग्री दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4