
काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका सांसद राघव चड्डाबीच शनिबार दिल्लीमा इन्गेजमेन्ट भएको छ । उक्त समारोहमा भारतीय राजनीतिज्ञदेखि सेलिव्रिटी सहभागि रहे ।
इन्डिया गेट नजिकको कपुरथला हाउसमा इन्गेजमेन्ट समारोह भएको थियो । बहिनीको टीकाटालोमा भाग लिन अभिनेत्री प्रियंका चोपडा समेत अमेरिकादेखि आइपुगेकी थिइन् ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, पञ्जावका मुख्यमन्त्री भागवत मन, राजनीतिज्ञहरु कपिल सिब्बल, पि चितरम्बरम, प्रियंका चतुर्वेदी, आदित्य ठाकरे लगायत सहभागि रहे । डेढसय जनालाई समारोहमा निम्तो गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
इन्गेजमेन्टका लागि राघवले पवन सचदेवको डिजाइन लगाए भने परिणितीले मनिष मलहोत्राको डिजाइन पहिरिइन् । यी दुबैले लण्डन स्कुल अफ इकोनोमिक्समा सँगै अध्ययन गरेका थिए । केही समयदेखि नै यी दुईबीचको अफेयर हल्लाको चलिरहेको थियो भने आइपीएल लगायतका समारोहमा उनीहरु एकसाथ देखिएका थिए ।
प्रतिक्रिया 4