
३१ वैशाख, विराटनगर । विराटनगरका युवाहरुले भ्रष्टाचारविरुद्ध अर्धनग्न प्रदर्शन गरेका छन् । आइतबार विराटनगरको ट्राफिक चोकमा युवाहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन् ।
उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको पनि निष्पक्ष छानविन गर्न माग गरे । नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताउँदै ठूला भ्रष्टाचार काण्डहरुको अनुसन्धान गर्न माग गरे ।
भ्रष्टाचार सम्बन्धी घटनाका छानबिनका लागि सरकारलाई दबाब दिन अर्धनग्न भएर प्रदर्शन गरेको युवा अभियन्ता उत्तम ढुंगेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4