+
+

मदन राईलाई ७ दिन थुनामा राख्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते १८:२२

३१ वैशाख, काठमाडौं । बाल यौन दुरूपयोग मुद्दामा पक्राउ परेका कृषि विज्ञ मदन राईलाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत खोटाङले प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका इन्स्पेक्टर बेनुकुमार कार्कीका अनुसार जिल्ला अदालत खोटाङले राईमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

गत शुक्रबार शुभम् फाउन्डेसनबाटै राईलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

शुभम् फाउन्डेसनले खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यमिक विद्यालयमा ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ । राईमाथि विद्यालयमा अध्ययनरत छात्रामाथि बाल यौन दुरुपयोग गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?