+
+

भ्रष्टाचार निवारणसम्बन्धी विधेयक संसदीय समितिमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १६:२०

१ जेठ, काठमाडौं। भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ माथि दफवार छलफल संसदीय विषयगत समितिमा पुगेको छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकले यो विधेयकलाई सम्बन्धित समितिमा पठाएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट खानेपानीमन्त्री महिन्द्र राय यादवले दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ।

यो विधेयकमा मुख्यतः सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि निश्चित अवधिभित्र मात्रै मुद्दा चलाउनुपर्ने व्यवस्था छ ।

यस विषयमा कतिपय दल र सांसदहरुले विरोध गर्दै आएका छन् । सोमबार मात्रै पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञान बहादुर शाहीले भ्रष्टाचारमा हदम्याद राख्ने प्रस्तावको विरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?