
१ जेठ, काठमाडौं । कवि तथा पत्रकार देवव्रतको पहिलो कविता संग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ सार्वजनिक भएको छ ।
काठमाडौंको सर्वनाम थ्रिएटरमा आयोजित कार्यक्रममा कवि श्रवण मुकारुङ, निबन्धकार दीपक सापकोटा र लेखक वन्दना ढकालले संयुक्त रुपमा संग्रह विमोचन गरे ।
३८ कविता संग्रहित कविताकिताबमा सरल भाषाशैलीका साथ समाजका विकृति र विसंगतिबारे असन्तुष्टि व्यक्त गरिएको छ।
विमोचनमा कवि तथा गीतकार श्रवण मुकारुङले देवव्रतका कविताले उनलाई नवकवि मात्र बन्न नदिएको बताए ।
‘उनी (देवव्रत) नयाँ कवि होइनन्, उनी निखारिएका कवि हुन जस्तो लाग्यो,’ मुकारुङले भने, ‘कवितामा लयविधान समेटिएको छ, यो संग्रहमा मैले असाध्यै आनन्द लिने कविता छन् ।’
यो पुस्तक इन्डिगो इंकले प्रकाशन गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4