
२ जेठ, काठमाडौं । कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा मुगुका देविकृष्ण रोकाया सर्वसम्मत चयन भएका छन् ।
सोमबार काठमाडौंमा भएको तेस्रो साधारण सभाले रोकायाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रेमबहादुर लामा, सचिवमा खडक रोकाया, सह-सचिवमा मनराज सिमखडा र कोषाध्यक्षमा च्याङजोरलामा रहेका छन् ।
यस्तै हरिकृष्ण रावल, छेतेन डोल्मा लामा र राकेश शाही सदस्य रहेका छन् । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष जगबहादुर बुढा पनि छन् ।
यस्तै, सल्लाहाकारमा जंगबहादुर लामा, प्रेम दोर्चे लामा र जितेन्द्र झांक्री रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष रोकायाले पर्यटन क्षेत्रको नीति निर्माणको तहमा कर्णालीको उपस्थितिलाई प्रभावकारी बनाउन पहल गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4