
२ जेठ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै मन्त्री रिजालले सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि प्रभावकारी रुपमा काम गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
स्वदेशी वस्तुको उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्य आर्जनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने उनले बताए । सरकारले उद्योग परिसंघसँगको सहकार्यमा सञ्चालन गरेको मेक इन नेपाल अभियानले नेपाली उत्पादन तथा सेवाको वृद्धि गरी प्रवद्र्धन र निर्यातमा सकारात्मक भूमिका खेल्ने उनले बताए ।
उनले सरकार लगानीमैत्री वातावरण निर्माण गरी आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधार र समृद्धिका लागि प्राकृति स्रोतको उपभोग गर्न आवश्यक वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताए ।
‘स्वदेशमा उत्पादन उपभोग साथै रोजगारी तथा आर्य आर्जनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा क्रमिक विकासको उद्देश्य प्राप्तिका लागि उद्योग मन्त्रालय र उद्योग परिसंघको सहकार्यमा सञ्चालनमा आएको मेक इन नेपाल अभियानले नेपाली उत्पादन तथा सेवाको वृद्धि गरी प्रवर्द्धन र निर्यातमा सकारात्मक भूमिका खेल्ने विश्वस्त छौं,’ उनले भने, ‘लगानीमैत्री वातावरण निर्माण आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधार र समृद्धिका लागि प्राकृति स्रोतको उपभोगको लागि आवश्यक वातावरण बनाउनको लागि सरकार प्रतिवद्ध छ ।’
आत्मनिर्भर अर्थतन्त्रका लागि सरकार निजी क्षेत्रबीच सहकार्य प्रभावकारी रुपमा आवश्यक रहेको उनले बताए । औद्योगिकीकरणको उचित विकास विना दिगो आर्थिक वृद्धि तथा समृद्धि सम्भव नभएको उनले बताए । स्वदेशी वस्तुको उत्पादन र प्रवद्र्धन निर्यात बढाउन गरिनुपर्ने नीति तथा व्यवहारिक पक्षका विषयमा मन्त्रालय तयार रहेको उनले बताए ।
प्रतिक्रिया 4