
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर दैनिकजसो माइतीघर मण्डलामा प्रदर्शन हुने गरेको छ । विभिन्न समूह र संस्थाले भ्रष्टाचारविरुद्ध प्लेकार्ड र नाराजुलुससहित प्रदर्शन गर्ने गरेका छन् ।
प्रदर्शनमा उक्त प्रकरणका दोषीलाई कार्वाही गर्नुपर्ने र अनुसन्धानमा खुट्टा नकमाउन सरकारलाई दवाव दिने गरिएको छ । मंगलबार फेसबुक समूह एमआरआरले माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्यो ।
अभिनेता तथा निर्माता दीपकराज गिरी पनि भ्रष्टाचारविरुद्धको उक्त प्रदर्शनमा सहभागि भए । प्लेकार्ड बोकेर उनी माइतीघरमा उभिए । राजनीति र सामाजिक विषयवस्तुमा चासो राख्ने उनी एमआरआरका सदस्यसँगै माइतीघर पुगेका थिए ।
दीपकले नक्कली शरणार्थी प्रकरणमा समेत सामाजिक संजालमार्फत धारणा राख्दै आइरहेका छन् । गत शनिबार यस प्रकरणविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले नक्सालमा आयोजना गरेको प्रदर्शनमा अभिनेता निर्मल शर्मा, आसिफ शाह लगायत उपस्थित थिए ।
प्रतिक्रिया 4