
३ जेठ, विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्यसचिव वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
उनको बर्खास्तीको कारण भने झापाको दमकमा आयोजित प्रदेश स्तरीय भलिबल प्रतियोगिताको ब्यानरमा प्रदेशको नाम नलेख्नु हो । गत वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश सरकारको नाम किन नलेखेको भन्दै दुई पटक स्पष्टीकरण सोधेको थियो ।
चित्त बुझ्दो जवाफ नदिएको भन्दै बुधबार बसेको मन्त्रिपरिषद बैठकले बर्खास्त गरेको हो । सामाजिक विकास मन्त्रालयसँग समन्वयय नगरेका कारण बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई जिम्मेवारीबाट हटाएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।
प्रतिक्रिया 4