
४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा रासायनिक मल उत्पादनबारे नेपाल लगानी बोर्डमा प्राप्त भएका विभिन्न प्रस्तावहरुका आधारमा सम्भाव्यता अध्ययन भइरहेको बताएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रतिनिधिसभा सदस्य ईश्वरी देवी न्यौपानेको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले मल कारखाना स्थापना कार्यलाई सरकारले उच्च प्राथमिकताकामा राखेको बताए ।
‘लगानी बोर्डमा प्राप्त विभिन्न प्रस्तावहरुको अध्ययनका आधारमा मल कारखाना स्थापनाको कार्यलाई उच्च प्राथमिकता दिई अगाडि बढाइने जानकारी सदनलाई दिन चाहान्छु’ प्रधानमन्त्री प्रचण्डले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4