
काठमाडौं । अमेरिकी दूतावासले कोभिड महामारीले रोकिएको फिल्म प्रदर्शनको नियमित श्रृंखला पुनः सुरु गर्ने भएको छ । जसअनुसार दूतावासले यस गर्मीयाम (समर सिजन)मा चारवटा हलिउड ब्लकबस्टर फिल्मलाई क्यूएफएक्स सिनेमाजको लबिम मलस्थित हलमा प्रदर्शन गर्ने भएको छ ।
जसअनुसार आगामी बिहीबार तिमोथी चालमेट स्टारर चर्चित साइन्स फिक्सन फिल्म ‘ड्युन’ प्रदर्शन गर्ने तय भइसकेको छ । शुक्रबारदेखि बुकिङ सुरु भएको र दर्शकले निःशुल्क फिल्म हेर्न पाउने दूतावासले जानकारी दिएको छ । समर मुभी सिरिजको रुपमा जुन, जुलाई र अगस्ट महिनामा पनि एक–एक फिल्म प्रदर्शनको योजना छ ।
टिकट निःशुल्क हुने र टिकटको साथमा पपर्कन भौचर पनि प्राप्त हुने दूतावासले जनाएको छ । यसअघि कोभिड महामारीअघि दूतावासले कुमारी हलमा प्रत्येक महिनाको अन्तिम बिहीबार फिल्म प्रदर्शन आएको थियो । फिल्म कूटनीतिको रुपमा पछिल्लो समय दूतावासले सांस्कृतिक गतिविधिको आयोजना गर्दै आएको छ ।
फिल्म प्रदर्शनसँगै गत वर्ष दूतावासले हिपहप नृत्य प्रशिक्षणको समेत आयोजना गरेको थियो ।
प्रतिक्रिया 4