
५ जेठ, काठमाडौं । सरकारले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यासम्बन्धी बाँकी काम २ वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रममार्फत सरकारले सत्यनिरुपण तथा मेलमिलापको काम २ वर्षभित्र सक्ने घोषणा गरेको हो ।
जनयुद्ध तथा जनआन्दोलनका घाइते, बेपत्ता, अपांगता भएकाहरुलाई जीवन निर्वाह भत्ता वितण तथा द्वन्द्व पीडित परिवारलाई क्षतिपूर्ति र राहत दिने उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4