
एक समय थियो जब हामीले मेसेजिंग एपहरुबाट बाट कसैलाई भुलबस कुनै गलत म्यासेज पठाइयो वा राम्रै म्यासेज ऐए पनि त्यसलाई डिलिट गर्नुपर्ने आवश्यकता हुँदासमेत डिलिट गर्न सकिंदैनथ्यो । त्यसपछि मेसेजिंग प्लाटर्फमममा delete message तथा Unsend जस्ता विकल्प थपिए, जसले प्रयोगकर्तालाई ठूलो राहत मिल्यो ।
तर यदि कसैले इन्स्टाग्राममा वा ह्वाट्सएप जस्ता प्लाटर्फममा तपाईंलाई कुनै म्यासेज पठाएर डिलिट गर्यो र तपाईंले त्यसलाई राम्रोसँग हेर्न पनि पाउनुभएको छैन भने के गर्ने ? के तपाईंले डिलिट भैसकेका म्यासेजहरू पनि पुनः हेर्न सक्नुहुन्छ ?
हो यदि तपाईंले एन्ड्रोइड फोन प्रयोग गर्नुहुन्छ भने तपाईंलाई निकै सहज हुनेछ । त्यसका लागि :
फोनमा नोटिफिकेसन हिस्ट्री फिचरको प्रयोग गर्ने
यो पहिलो यस्तो तरिका हो, जसको प्रयोग गरर तपाईंले कुनै पनि म्यासेजलाई डिलिट भैसकेपछि पनि पढ्न सक्नुहुन्छ । यसका लागि तपाईंले एन्ड्रोइड स्मार्टफोनमा यो फिचर सक्रिय बनाउनुपर्ने हुन्छ । यो फिचरले तपाईंको नोटिफिकेसन सेन्टरमा आएका सबै म्यासेजलाई सेभ गरेर राख्दछ । ह्वाट्सएप तथा इन्स्टाग्राममा डिलिट गरिएका वा नपठाइएका म्यासेजहरु पनि यहाँ देख्न सकिन्छ । यसका लागि :
- आफ्नो एन्ड्रोइड फोनमा Settings एप खोल्नुहोस् र Notification मेन्यूमा गएर Notification History मा ट्याप गर्नुहोस्
- त्यसपछि Notification History लाई एक्टिभ गराउनुहोस्
- अब ह्वाट्सएप तथा इन्स्टाटाग्राम जस्ता कुनै मेसेजिंग एपका डिलिट गरिएका म्यासेज पनि यहाँ देखिनेछन्
- तर यो ट्याबमा डिलिट म्यासेजलाई केवल २४ घण्टाका लागि मात्र राखिन्छ । त्यसपछि चाहिं म्यासेजहरु स्थायी रुपमै हट्दछन् ।
WAMR को प्रयोग
- हुनत नोटिफिकेसन हिस्ट्री निकै कामलाग्ने फिचर हो, तर सबै एन्ड्रोइड फोनमा यो फिचर हुँदैन । त्यसैले यदि तपाईंको फोनमा Notification History फिचर छैन भने तपाईंले डिलिट भएका म्यासेजहरु रिकभर गर्नका लागि यो ट्रिक अपनाउन सक्नुहुन्छ । त्यसका लागि :
- गुगल प्ले स्टोरबाट WAMR डाउनोड गर्नुहोस्
- सो एप खोल्नुहोस् र त्यसला Notification Access जस्ता आवश्यक अनुमतिहरु प्रदान गर्नुहोस्
- त्यसपछि त्यस्ता एपहरु छान्नुहोस् जसका म्यासेजहरु तपाईं सुरक्षित गर्न चाहनुहुन्छ
- सेटअप भैसकेपछि तपाईंलाई त्यस पेजमा लगिनेछ जहाँ हटाइएका सबै म्यासेजहरु देखिन्छन्
प्रतिक्रिया 4