
काठमाडौं । मुलुकका आठ सहरमा हिमालय रोडिज सिजन-५ को ‘फिजिकल अडिसन’ हुने भएको छ । हिमालय टिभीले अडिसन हुने सहर, मिति र समयको घोषणा गरेको छ । छायांकन सुरु हुन एक साता बाँकी रहँदा पाँचौं सिजनको लागि अडिसन खुला गरिएको हो ।
जेठ १२ गतेदेखि सुरु हुने ‘फिजिकल अडिसन’ २१ गतेसम्म चल्नेछ । पहिलो दिन बर्दिवासमा, १३ गते इटहरी, १४ गते हेटौंडा, १५ गते भरतपुर, १६ गते बुटवल, १७ गते नेपालगञ्ज, १९ गते पोखरा र २१ गते काठमाडौंमा अडिसन सञ्चालन हुने जनाइएको छ ।
आउँदो शुक्रबारदेखि सुरु हुने रोडिजको पाँचौं सिजनलाई सिमोस सुनुवारले निर्देशन गर्नेछन् । हिमालय रोडिज सिजन ५ को टाइटल स्पोन्सर यामाहा रेसिङ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4