
९ जेठ, काठमाडौं । महालेखा परीक्षकको कार्यालय नेतृत्वविहीन भएको छ । महालेखा परीक्षक टंकमणी शर्मा आफ्नो ६ वर्षे कार्यकारी पुरा गरी सोमबार बिदा भएसँगै कार्यालय नेतृत्वविहीन भएको हो ।
तत्कालीन राष्ट्रपतिबाट २०७४ साल जेठ २ मा नियुक्त पाएका शर्माले पुरै कार्यकाल पुरा गरी बिदा भएका हुन् । शर्माले आफ्नो कार्यकालमा कार्यलयको काममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
संवैधानिक परिषदले महालेखा परीक्षकका रुपमा अझै कसैलाई पनि सिफारिस गरेको छैन । परिषदको सिफारिसमा राष्ट्रपतिबाट महालेखा परीक्षक नियुक्त गर्ने प्रावधान रहेको छ ।
यस कार्यालयले मुलुकका सार्वजनिक अड्डाको अन्तिम लेखा परीक्षणको जिम्मेवारी पाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4